दफा १६
प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार
दफा ७ को उपदफा (१०) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२ बमोजिमको प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) प्राधिकरणको प्रशासकीय र आर्थिक प्रमुखको रूपमा कार्य गर्ने,
(ख) परिषद्को निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ग) प्राधिकरणको कोषको रेखदेख, नियन्त्रण, सम्पत्तिको स्याहार सम्भार र व्यवस्थापन गर्ने, गराउने,
(घ) प्राधिकरणको वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी परिषद्मा पेश गर्ने,
(ङ) प्राधिकरणको वार्षिक आय-व्यय तथा पूरक आय-व्यय विवरण तयार गर्ने,
(च) परिषद्बाट स्वीकृत बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने,
(छ) प्राधिकरणको आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने व्यवस्था गर्ने,
(ज) प्राधिकरण र नेपाल सरकार, सम्बन्धित प्रदेश सरकार, सम्बन्धित स्थानीय तह तथा अन्य निकायबीच सम्पर्क अधिकारीको रूपमा काम गर्ने,
(झ) प्राधिकरण अन्तर्गतका विभिन्न कार्यालयहरूबीच सम्पर्क तथा समन्वय कायम गर्ने, गराउने,
(ज) परिषद्बाट प्रत्यायोजन गरिएका अधिकार तथा दिइएका निर्देशन बमोजिमका कार्यहरू गर्ने,
(ट) परिषद्को सदस्य-सचिव भई काम गर्ने तथा परिषद्को निर्णयको अभिलेख राख्ने,
(ठ) परिषद्ले गर्ने भनी निर्दिष्ट गरिएका कार्य सम्पादन गर्न आवश्यक सूचनाहरू परिषद्मा उपलब्ध गराउने,
(ड) शहरी यातायातको विषयमा अध्ययन, अनुसन्धान गर्ने, गराउने,
(ढ) यस ऐन बमोजिम सञ्चालन हुने सार्वजनिक यातायातको अभिलेख राख्ने,
(ण) यात्रुको गुनासो सुन्ने र समाधान गर्ने सम्बन्धमा प्रभावकारी व्यवस्था मिलाउने,
(त) प्राधिकरण मातहत सञूचालन हुने सार्वजनिक यातायातले पालना गर्नु पर्ने शर्त अनुसारको सेवा सञूचालन गरे, नगरेको नियमित अनुगमन गरी त्यस्तो शर्त अनुसार सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने,
(थ) सार्वजनिक यातायात सेवाप्रदायकहरूबीच सम्झौता बमोजिमको भाडा रकम बितरण गर्ने,
(द) प्राधिकरणको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गराई परिषद्‌ समक्ष पेश गर्ने, र
(ध) तोकिए बमोजिमका अन्य काम गर्ने।